मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

संखुवासभास्थित विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो। 

किमाथांका– मकालु हिमाल आरोहण गर्ने क्रममा एक जना फ्रान्सेली नागरिकको मृत्यु भएको छ।

संखुवासभास्थित विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकालु गाउँपालिका–२ मा आठ हजार ३५० को उचाइमा पुगेका उनी अचानक बिरामी परेका थिए। बुधबार उद्धार गरी ल्याउने क्रममा बोटोमै मृत्यु भएको हो। 

उनीसँगै गएका अन्य फ्रान्सेली नागरिक भने सकुशल छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा पर्छ।

एक साताअघि मकालु हिमाल आरोहण गरी फर्किने क्रममा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेन्जे शेर्पाको पनि मृत्यु भएको थियो।