प्रधानमन्त्री रोबर्टको साढे ३ घण्टा लगाएर शल्यक्रिया गरिएको र अवस्था खतरामुक्त रहेको उपप्रधानमन्त्री तथा वातावरणमन्त्री टोमस ताराबाले जनाएका छन्।
युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त भएको जनाइएको छ।
५६ वर्षीय फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउन्ड गोली हानेका थिए। पाँचमध्ये एउटा गोली प्रधानमन्त्री रोबर्टको पेटमा लागेको थियो। अर्को जोर्नीमा लागेको थियो।
साढे ३ घण्टा लगाएर उनको शल्यक्रिया गरिएको र अवस्था खतरामुक्त रहेको उपप्रधानमन्त्री तथा वातावरणमन्त्री टोमस ताराबाले जानकारी दिए।
बुधबार ह्यान्डलोवा शहरस्थित सांस्कृतिक हलबाहिर प्रधानमन्त्री भाषण दिइरहेका बेला उनीमाथि आक्रमण भएको हो। प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ।
स्लोभाकियाकी राष्ट्रपति जुजाना कापुटोभाले आक्रमणको निन्दा गरेकी छन्। गृहमन्त्री माटेउज सुताज इस्टोकले आक्रमण राजनीतिक रूपमा प्रेरित भएको टिप्पणी गरेका छन्।
राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटर टाढा रहेको ह्यान्डलोभा शहरमा आक्रमण भएको हो। युरोपेली फिकोले २०२३ सेप्टेम्बरमा संसदीय चुनाव जितेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
