प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधिसभा बैठक अपराह्न चार बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।
काठमाडौँ– प्रतिनिधिसभाको बिहीबारको बैठक अपराह्न ४ बजे बस्ने भएको छ।
सभामुख देवराज घिमिरेले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनवार्ता गरेपछि बैठक सरेको हो। यसअघि बैठक बिहान ११ बजे बस्ने तय थियो।
सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक सार्न आग्रह गरेको थिए।
कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ। प्रधानमन्त्री दाहालले बिहीबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने वातावरण निर्माण गरिरहेको जनाएका छन्।
यसअघि सभामुख घिमिरेले संघीय संसद् भवन नयाँ बानेश्वरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्।
छलफलमा कानून मन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेस सचेतक सुशीला थिङ, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
