यसअघि कृष्णपुर–२ कै गडबिजुला सामुदायिक वनमा अवैध रूपमा काठ कटान गरी तस्करी गरेको आरोपमा वनका पदाधिकारी पक्राउ परेका थिए।
कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ बाणीस्थित ग्वालावारी सामुदायिक वनमा अवैध रूपमा सालका रुख कटानी गरेको पाइएको छ।
रुख बुधबार कटान गरी गोलिया बनाइ तस्करी गर्नका लागि ठिक्क पारिएको अवस्थामा बरामद भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए।
खडा रुखबाट ११ र ढलापडा रुखबाट पाँच गरी १६ गोलिया आराको प्रयोग गरी काटेर राखिएको अवस्थामा फेला पारिएको उनको भनाइ छ। बरामद काठ ३१५. ५० क्युविक फिट रहेको छ। बरामद काठ बाणी सब डिभिजन वन कार्यालयमा राखिएको छ।
सब डिभिजन वन कार्यालयले अवैधरुपमा काठ तस्करी गर्नका लागि रुख कटानी गर्नेहरूको पहिचान गर्न अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ । सब डिभिजन वन कार्यालयले अनुसन्धान गरी तयार गरेको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढ्ने सूचना अधिकारी अवस्थीको भनाइ छ ।
“काठ कसले काटेको भन्नेबारे अनुसन्धान भइरहेको छ” उनले भने, “चाँडै दोषीको पहिचान गरी कानूनी दायरामा ल्याउँछौँ।”
यसअघि कृष्णपुर–२ कै गडबिजुला सामुदायिक वनमा अवैध रूपमा काठ कटान गरी तस्करी गरेको आरोपमा वनका पदाधिकारी पक्राउ परेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
