विरोधकाबीच सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत

सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसदले मतदान गरेका छन्।

काठमाडौँ– सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्। ५३ सदस्यीय प्रदेशसभाबाट उनले २८ मत पाएका हुन्। 

सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसदले मतदान गरेका छन्।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी समूह) का सांसदको नाराबाजी र वहिष्कारबीच सोडारीले विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए। लगत्तै, सभामुख भीमबहादुर भण्डारीले मत विभाजन प्रक्रिया शुरू गरेका थिए। 

त्यसपछि कांग्रेस र नाउपा रेसम पक्षका सांसद बैठकबाट बाहिरिएका थिए। मतदानको समय बैठकमा २८ जना मात्रै सहभागी थिए।