मध्यवर्ती क्षेत्रको सामुदायिक वनमा वन पैदावार संकलन गर्न जाँदा वन्यजन्तुले आक्रमण गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
चितवन– जंगली जनावरको आक्रमणबाट साउनयता सात जनाको मृत्यु भएको छ। गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र मगर गोहीको आक्रमण एक जनाको मृत्यु भएको हो। विभिन्न समयमा जंगली जनावरको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो। सोही समयमा वन्यजन्तुको आक्रमणबाट २७ जना घाइते भएका छन्। जसमध्ये १५ सामान्य र १२ जना गम्भीर घाइते भएका हुन्।
घाइते हुनेमा हात्तीको आक्रमण १०, गैँडाको आक्रमणबाट १२, बाघको आक्रमणबाट चार जना रहेका सूचना अधिकारी तिवारीले जानकारी दिए। त्यस्तै, गौरीगाईको आक्रमणबाट एक जना घाइते भएको उनले बताए।
घाइतेको उपचारका लागि निकुञ्जले २१ लाख २३ हजार ७७४ रुपैयाँ राहत स्वरूप प्रदान गरेको तिवारीले जानकारी दिए। उनका अनुसार मृत्यु भएका सात जनाको परिवारलाई राहत स्वरूप ७० लाख प्रदान गरिएको छ।
मध्यवर्ती क्षेत्रको सामुदायिक वनमा नियमानुसार वन पैदावार संकलन गर्न जाँदा वन्यजन्तुले आक्रमण गरेको तिवारीले जानकारी दिए। “गस्तीमा गएका निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएका नेपाली सेना, नेचर गाइडलाई समेत वन्यजन्तुले आक्रमण गरेको छ,” उनले भने।
मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा वन्यजन्तुको वासस्थान हुने र मानिसले पनि उपभोगका लागि सोही क्षेत्र प्रयोग गर्ने भएकाले सो क्षेत्रमा बढी संख्यामा वन्यजन्तुको आक्रमण हुने गरेको तिवारीको भनाइ छ। यस्ता क्षेत्रमा वन पैदावार संकलन गर्न जाँदा वन्यजन्तुको आनीबानी र उपस्थितिको बारेमा बुझेर जाने, साँझ बिहान नजाने, समूहमा जाने, प्रकृति सुहाउँदो खालका कपडा लगाएर जाने गर्दा क्षति कम गर्न सकिने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
