बरामद गरिएको लागुऔषध कोकिनको बजार मूल्य सात करोड ९६ लाख रुपैयाँ हुन आउने ब्युरोले जनाएको छ।
काठमाडौँ– नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न रहेको आरोपमा तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। ब्युरोले लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७ ठमेलबाट पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगान्डा घर भएका केभिना मुगाला र लिलियन सुशान वानयेन्ज तथा उक्त बरामद भएको कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी पाल रहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
“कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगान्डा घर भएका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेबाट आगुऔषध कोकिन बरामद गरिएको छ, जसको तौल दुई केजी ६५४ ग्राम रहेको छ,” उनले भने।
पक्राउ परेकाहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए। बरामद गरिएको अवैध लागुऔषध कोकिनको बजार मूल्य सात करोड ९६ लाख रुपैयाँ हुन आउने ब्युरोले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
