प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन गरिएको छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन गरिएको छ।
बिहीबारको बैठक प्रारम्भ भएलगत्तै कांग्रेसका सांसदहरूले कुर्चीबाट उठेर विरोध जनाएका थिए। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूलाई यथास्थानमा बसेर सदनको कारबाही अगाडि बढाउने वातावरण बनाउन आग्रह गरेका थिए।
तर सांसदहरूले विरोध जनाइराखेपछि अध्यक्ष दाहालले बैठक स्थगित गरेका हुन्। उनले अर्को बैठक शुक्रबार १:१५ मा बस्ने गरी बिहीबारको बैठक स्थगित भएको घोषणा गरे।
कांग्रेस सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता रहेको भन्दै संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग राखी सदन अवरोध गर्दै आएको छ।
कांग्रेसको मागका विषयमा शीर्ष दलहरूका नेताहरूबीच भएका छलफलबाट निचोड निस्कन सकेको छैन। जसका कारण राष्ट्रियसभा बैठक प्रभावित भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
