पत्रकार दाहालले बाँसबारी जग्गा प्रकरणको उजागर गरेकी थिइन्। अवार्डअन्तर्गत १६ लाख राशिको पुरस्कार नक्कली शरणार्थीको खोज रिपोर्टका लागि देवेन्द्र भट्टराई र मातृका दाहालले संयुक्त रूपमा प्राप्त गरे।
काठमाडौँ– बारबरा फाउन्डेसनले यस वर्षदेखि शुरू गरेको सम्भवतः सबैभन्दा ठूलो नगद राशिको ‘बारबरा इन्भेस्टिगेटिभ जर्नालिज्म अवार्ड’ चार जना पत्रकारलाई प्रदान गरिएको छ। जसमा उकालोका वरिष्ठ संवाददाता दिपा दाहालसमेत छिन्।
फाउन्डेसनले बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा अवार्ड प्रदान गरेको हो। अवार्डअन्तर्गत १६ लाख रुपैयाँ नगद राशिको पुरस्कार पत्रकार देवेन्द्र भट्टराई र मातृका दाहाललाई प्रदान गरिएको छ। भट्टराई र दाहालले कान्तिपुर दैनिकमा नक्कली भुटानी शरणार्थी प्रकरणको उजागर गरेका थिए।
द्वितीय पुरस्कार प्राप्त गर्ने दाहालले उकालोमा बाँसबारी जग्गा प्रकरण उजागर गरेकी थिइन्। तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले कसरी हडपेको थियो भन्नेबारे उकालोमा शृंखलाबद्ध गरेका स्टोरीका लागि दाहाललाई ६ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो।
उकालोमा यो प्रकरण उजागर भएपछि राज्यसंयन्त्रले बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याइसकेका छन्। त्यो जग्गा हडप्न संलग्न रहेका व्यक्तिमाथि अनुसन्धान जारी छ।
तेस्रो पुरस्कार हिमालखबर डटकमका रमेशकुमारले प्राप्त गरे। धितोपत्र बजार तथा वित्तीय क्षेत्रमा भएका अनियमितताका बारेमा लेखेका रिपोर्टका लागि उनले ३ लाख रुपैयाँ राशिको पुरस्कार प्राप्त गरेका हुन्।
उनीहरूलाई फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइत, मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका हुन्। यो प्रतिस्पर्धामा ८३ जना पत्रकारले भाग लिएको कार्यक्रममा जानकारी गराइएको थियो।
पुरस्कार वितरण समारोहमा फाउन्डेसनका अध्यक्ष डा. रुइतले फाउन्डेसनले अगाडि बढाएको सामाजिक उत्तरदायित्वअन्तर्गत खोज पत्रकारलाई सम्मान गरिएको बताए। उनले देशलाई माया गर्ने र प्रजातन्त्रोन्मुख बनाउन चाहनेलाई हौसला प्रदान गर्ने उद्देश्य संस्थाको रहेको उल्लेख गरे। पत्रकारले खोज पत्रकारिता गर्दा विभिन्न उतारचढावबाट गुज्रिने भएकाले उनीहरूका लागि सम्बन्धित मिडिया हाउस र परिवारको बलियो सहयोग चाहिने पनि डा. रुइतको भनाइ थियो।

फाउन्डेसनका सदस्य अखिलेस उपाध्यायले खोज पत्रकारिताले समाजमा रहेका भ्रष्टाचार र बेथिति नियन्त्रणका लागि सहयोग पुर्याउने धारणा राखे। त्यसैले उत्कृष्ट खोजी समाचारहरूका लागि पत्रकारहरूलाई सम्मान गरिएको उनको भनाइ थियो। “खोज समाचारका लागि दृढ इच्छाशक्ति चाहिन्छ, सहयोगी मिडिया र टिम भए उत्कृष्ट खोज पत्रकारिता गर्न सकिन्छ,” उनले भने।
फाउन्डेसनका महासचिव मोहना अनसारीले फाउन्डेसनले खोज पत्रकारले प्रकाशन गरेका समाचारको निरन्तरता, गहिराइ, असर र प्रस्तुतिको अध्ययन गरेर पुरस्कृत गरिएको बताइन्। “पछिल्लो समय विभिन्न पक्षधर पत्रकारिता मौलाएको छ। तर, खोज पत्रकारिताले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्याउने गर्छ। त्यसैले पनि फाउन्डेसनले खोज पत्रकारहरूलाई सम्मान गरेको हो,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
