कांग्रेसले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बेल घेराउ गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
कांग्रेसले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको माग गर्दै बिहीबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरेको हो। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै त्यसको छानबिनका लागि संसद् समिति माग गरी कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेससँग सहमति गर्ने गरी अपराह्न ४ बजेसम्म सारिएको थियो। यो बीचमा समय–समयमा सत्तापक्ष र प्रतिपक्षले छलफल गरे पनि टुंगोमा पुगेन। ढिलो गरी शुरू भएको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसद आक्रोशित बनेका थिए।
आफ्नो मागलाई बेवास्ता गर्दै सरकारले संसद् बैठक सञ्चालन गर्न खोजेको भन्दै कांग्रेस प्रतिवादमा उत्रिएको थियो। कांग्रेसको नाराबाजीबीच सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिइएको घोषणा गरेका थिए। तर, उनी रोष्ट्रममा पुग्नै पाएनन्। कांग्रेस सांसदको नाराबाजीपछि सत्ता पक्षका नेताहरू प्रतिवादमा उत्रिँदा झन्डै हात हालाहालको स्थिति सिर्जना भएको थियो।
त्यसपछि सभामुख घिमिरेले बैठक शुक्रबार दिउँसो ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए। उनले कांग्रेसको अवरोधका बीच मन्त्री नियुक्ति बारेको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरू भने पढेर सुनाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
