बागमतीका १० वटा जिल्लामा भएका एक हजार १७६ सवारी दुर्घटनामा २६१ जनाको मृत्यु भएको तथा दुई हजार ५८६ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ।
बागमती– ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा बागमती प्रदेशमा एक लाख ८४ हजार ३१६ सवारी चालकमाथि कारबाही गरेको छ।
सो कारबाहीबाट १४ करोड ३३ लाख ६४ हजार राजस्व संकलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।
पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सीसीटिभी र ‘रडार गन’बाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आवको १० महिनामा एक लाख ८४ हजार ३१६ सवारी साधनमाथि नियम उल्लंघनको कारबाही गरेको हो।
उक्त अवधिमा बागमतीका १० वटा जिल्लामा भएका एक हजार १७६ सवारी दुर्घटनामा २६१ जनाको मृत्यु भएको तथा दुई हजार ५८६ जना घाइते भएका सो कार्यालयले जनाएको छ।
उक्त कार्यालयले गत आवमा दुई लाख ९१ हजार २९३ सवारीमाथि कारबाही गरी २६ करोड ३६ लाख ८३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको थियो ।
उक्त आवमा एक हजार ३६२ सवारी दुर्घटनामा ३०४ जनाको मृत्यु भएको थियो। यस्तै, २०७८/७९ मा दुई लाख ५० हजार सवारी साधनमाथि कारबाही गरी दुई करोड ४१ लाख ७० हजार राजस्व संकलन गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
