फरवार्ड ब्रुनो फर्नान्डेजले दुई गाेल गरेपछि पोर्चुगल एक खेल अगावै कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
काठमाडौँ– फरवार्ड ब्रुनो फर्नान्डेजले दुई गाेल गरेपछि पोर्चुगल कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
लुसले रंगशालामा सोमबार राति सम्पन्न खेलमा उरूग्वेलाई हराउँदै पोर्चुगलले लगातार दोस्रो जित निकालेको हो। ५४अौँ मिनेटमा पोर्चुगलले अग्रता लियो। ब्रुनोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेकाे प्रहारले जाली चुमेकाे थियाे। इन्ज्युरी समयको पहिलो मिनेटमा पोर्चुगलका लागि ब्रुनोले नै पेनाल्टीमा दोस्रो गोल गरे।
भिडियो एसिसेन्ट रेफ्रीले उरूग्वेको बक्सभित्र ह्यान्ड भएको देखाएपछि प्राप्त पेनाल्टीमा ब्रुनो गोल गर्न सफल भए। यस जितसँगै पोर्चुगल समूहको शीर्षस्थानमा उक्लिएकाे छ। दोस्रो स्थानको घानाको ३ अंक छ।
उरूग्वे र दक्षिण कोरियाको १–१ अंक छ। अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र घानाले उरूग्वेको सामना गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
