भारतको लोकसभा निर्वाचन: जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द हुने

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले शनिबारदेखि जेठ ७ गतेसम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिएका हुन्। 

जनकपुर– भारतमा हुन गइरहेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा शनिबारदेखि तीन दिन बन्द हुने भएको छ। 

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जेठ ७ गतेसम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिएका हुन्। 

भारतको बिहार राज्यको मधुबनी जिल्लामा जेठ ७ गते लोकसभा निर्वाचन हुँदै छ। सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सीमा जिल्ला समन्वय समितिको निर्णयमा रेल्वे सेवा बन्द गर्न लागिएको झाले बताए।