तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य

चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा एक हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदीको भने एक हजार ८०० रुपैयाँ निर्धारण भएको छ।

काठमाडौँ– स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज तोलामा ७०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार एक लाख ३९ हजार ३०० निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ३९ हजार ३०० रुपैयाँ थियो। शुक्रबार भने एक लाख ३८ हजार ६५० रुपैयाँ तय भएको छ।

उता, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ। बिहीबार तोलामा एक हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदीको भने एक हजार ८०० रुपैयाँ निर्धारण भएको छ।