दुई समूहबीच झडपका क्रममा कीर्तिपुरका साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ– कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका १० जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा अछाम वीरपद गाउँपालिका–१ का २७ वर्षीय मोहन खड्का, अछाम कमलबजार–१ का २१ वर्षीय ध्रुवबहादुर विष्ट, बझाङ दुर्गाथली गाउँपालिका–७ का २० वर्षीय उपेन्द्र सिंह, बझाङ खप्तड छान्ना–५ का २१ वर्षीय सुदीप गिरी र अछाम रामारोसन–७ का २३ वर्षी नवीन भन्ने नृप भण्डारी रहेका छन्।
त्यस्तै, बैतडी पुरचौडी–१ का २७ वर्षीय जयन्त धानुक, कैलाली गैरीगंगा–५ का २० वर्षीय तेज थापा, सोही ठाउँका २२ वर्षीय तपेन्द्र खाती तथा बझाङ थलगाका २१ वर्षीय सुनील रोकायालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार जेठ २ गते राति कीर्तिपुर नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसइबी साँध्ने क्रममा दुई समूहबीच झडप हुँदा कीर्तिपुरका श्रेष्ठमाथि खुकुरी प्रहार भएको थियो।
पक्राउ परेकामाथि काठमाडौँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसुरमा पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
