प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगन भएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगन भएको छ। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै सभामुख देवराज घिमिरेले दिउँसो २ बजेसम्म सारेका थिए। तर २ बजे पनि बैठक बस्ने वातावरण नबनेपछि सभामुख घिमिरेले आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन्।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गरेर बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले आइतबार ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी गराएका छन्।
“आज मिति २०८१ साल जेठ ४ गते शुक्रबार दिनको २:०० बजे बस्ने गरी सूचना प्रकाशन भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक मिति २०८१ साल जेठ ६ गते आइतबार बिहान ११:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीका बचतकर्ताको बचत रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेको आरोप लगाउँदै संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ। बिहीबार कांग्रेसको विरोधका बीच सभामुख घिमिरेले सदनको कामकारबाही अगाडि बढाउँदा प्रतिपक्षी र सत्तापक्षबीच धकेलाधकेलको स्थिति सिर्जना भएको थियो। सदन खुलाउनेबारे सभामुख, शीर्ष नेताहरूबीच भएका छलफल निष्कर्षविहीन भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
