सिराहा क्षेत्र नम्बर २ र सुनसरी क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत फेरिए

निर्वाचन आयोगले सिराहा क्षेत्र नम्बर २ र सुनसरी क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत फेरेको छ।

काठमाडौँ- निर्वाचन आयोगले २ जिल्लाअन्तर्गतका २ वटा निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत परिवर्तन गरेको छ।



आयोगले जारी गरेको सूचनाअनुसार सिराहा क्षेत्र नम्बर २ र सुनसरी क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत परिवर्तन गरिएका हुन्। 



आयोगले सिराहामा खटाइएका निर्वाचन अधिकृत कृष्णप्रसाद अधिकारीलाई हटाई उनको ठाउँमा मुकुन्द निरौलालाई पठाएको छ। 



यस्तै, सुनसरी क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत विदुर कुमार कार्कीको ठाउँमा उमाकान्त पौडेललाई पठाएको छ।



आयोगले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि तयारी तीव्र पारेको छ। दुवै निर्वाचन हुन अब ५४ दिन मात्रै बाँकी छ।