बिहारको एक विद्यालय परिसरको ट्यांकीभित्र विद्यार्थीको शव भेटिएपछि आक्रोशित आफन्तले विद्यालयमा आगजनी गरेका छन्।
भारतको बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्यांकीभित्र एक विद्यार्थीको शव फेला परेपछि शुक्रबार बिहान आक्रोशित भिडले विद्यालयमा आगो लगाएको प्रहरीले जनाएको छ।
स्रोतका अनुसार घटना दिघा प्रहरीअन्तर्गतको रामजिचक क्षेत्रमा भएको हो। आक्रोशित आफन्त तथा स्थानीयले सडक अवरुद्ध गरी विद्यालयमा आगो लगाएका थिए।
विद्यालय गएका करिब तीन वर्षीय बालक स्कुलपछि ट्युसन लिने गर्थे। साँझ घर नफर्किएपछि परिवारले उनको खोजी गर्यो। उनको शव शुक्रबार बिहान तीन बजे विद्यालय परिसरको ट्यांकी भित्रबाट निकालिएको प्रहरीले जनाएको छ।
घटनाबाट आक्रोशित स्थानीयले सडक अवरुद्ध गरी विद्यालयमा लगाएको आगो फायर टेन्डरले निभाएका थिए।
वरिष्ठ प्रहरी अधिकारीहरूले अनुसन्धान शुरू गरेको बताएका छन्। पटनाका प्रहरी अधीक्षक चन्द्र प्रकाशले घटनाको विवरण दिँदै आमाबाबुले राति ढिलो जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा पुगी प्रमाण संकलन गरेको बताए।
सीसीटीभीमा बालक विद्यालयमा प्रवेश गरेको देखिए पनि उनी विद्यालय परिसरबाट बाहिर निस्किएको देख्न नसकिएकाले घटनालाई हत्याको मुद्दाका रूपमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ। प्रहरीले घटना आपराधिक उद्देश्यबाट प्रेरित प्रकृतिको देखिएको भन्दै तीन जनालाई हिरासतमा राखी अनुसन्धान शुरू गरेको छ।
चट्याङले १२ जनाको मृत्यु
भारतको पूर्वी राज्य पश्चिम बंगालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्।
पश्चिम बंगालको राजधानी कोलकाताबाट करिब ३२७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ प्रहारमा हताहतजन्य घटना भएको बताइएको छ।
अधिकारीहरूले सबै पीडित चट्याङ परेको समयमा घरबाहिर बगैँचा तथा खेतमा काम गरिरहेका अवस्थामा उनीहरुमाथि प्रहार गरेकाले धेरै मानिसको मृत्यु भएको स्रोतले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
