अन्वेषकहरूको एक समूहले सुमेरु महासागरमा जमेको बरफमाथि ककटेल पार्टीको आयोजना गरेको हो।
अन्वेषकहरूको एक समूहले उत्तरी ध्रुवमा पुगेर ककटेल पार्टीको आयोजना गरेको छ। पाँच जनाको समूहले क्यानडाको उत्तरी भेगमा बरफमा परिणत भएको सुमेरु महासागरमाथि माइनस २४ डिग्री सेल्सियस तापक्रममा कक्टेल पार्टी गरेको हो।
बेलायतका सेडी ह्वाइटलक, फेलिसिटी एस्टन, डा.लौरा थोमस, फ्रान्सका जुलि मोनिरे र इडेन काइरेनको समूहले अनुसन्धान अभियानसँगै साहसिक यात्राका क्रममा गत अप्रिल २१ मा त्यस क्षेत्रमा पुगेर पार्टी गरेका हुन्। यस टोलीले बरफ र हिउँको बारेमा अध्ययन अनुसन्धान गर्न आर्कटिक (सुमेरु) क्षेत्रमा यात्रा गरिरहेको थियो।
उक्त यात्रा ‘वृहत सुमेरु अनुसन्धान अभियान’को एक भाग थियो। जसको नेतृत्व ध्रुवीय अन्वेषक फेलिसिटीले गरेकी थिइन्। आर्कटिक सागरको बरफमा जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न सन् २०२१ मा शुरू गरिएको यस वैज्ञानिक परियोजनाको अन्त्यमा अनौठो ककटेल पार्टी आयोजना गरिएको हो। त्यस क्रममा उनीहरूले केही समय 'ककटेल पार्टी ड्रेस' समेत लगाएका थिए।
तिनीहरूले माइनस २४ डिग्री तापक्रममा क्यानापे र पूर्व–मिश्रित ककटेलहरू जस्तै नेग्रोनिस र मार्गारिटास 'सर्भ' गर्नुअघि बरफ र हिउँको नमूनाहरू संकलन गर्न १७ घण्टा बिताएका थिए।

पृथ्वीको अन्य भागमा भन्दा सबैभन्दा छिटो जलवायु र वातावरणीय परिवर्तनको अनुभव गर्न सकिने भएकाले यस क्षेत्रमा वैज्ञानिकहरूले अनुसन्धान गर्ने गरेका छन्।
यस समूहले क्यानडाको रिजोल्युट खाडी हुँदै विभिन्न स्थानमा यात्रा गरेको थियो। ट्राभल पत्रकार सेडीले भने, “उत्तरी ध्रुव वरपरको यात्रामा अत्यधिक परिवर्तन भइरहने मौसम, ध्रुवीय भालुको आक्रमण तथा जमेको पानीमा खस्ने जोखिम थियो।”
फेलिसिटीले चार वर्षदेखिको वैज्ञानिक अनुसन्धान अभियान समापन गर्नको लागि अनौठो तरिका अपनाएको र यो यादगर रहने बताइन्। "ककटेल कडा थिए, प्रत्येक चुस्कीमा चिसोका कारण ओठ पनि गिलाससँगै टाँसिन्थे।”
आफूले ध्रुवीय क्षेत्रहरूमा पहिले पनि यस्ता अनुसन्धान गरेको तर तिनीहरूले पहिलोपटक क्यानापे र ककटेल पोशाक समावेश गरेको उनले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
