भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमा नाका बन्द हुने भएका छन्।
जनकपुरधाम– भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका चार जिल्लाका सीमा नाका शुक्रबार राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन्।
भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि यहाँका सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमा नाका बन्द हुने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्।
आगामी सोमबार मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले शुक्रबार राति १२ बजेदेखि ७ गते राति १२ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द रहने जनाइएको छ।
विहारको मधुवनी जिल्ला प्रशासनले नेपालको चार जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी सोमबार हुने निर्वाचनका लागि ७२ घण्टा अगाडि सीमा बन्द गर्न आग्रह गरेबमोजिम सीमा नाका बन्द गरिने भएका हुन्।
यसैबीच सोही निर्वाचनलाई लक्षित गरी नेपालको एक मात्र रेलवे सेवा तीन दिनका लागि बन्द हुने भएको छ। रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाद्वारा जारी सूचनामा भङ्गाह–जनकपुरधाम–जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा तीन दिन बन्द रहने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
