एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री र एक राज्यमन्त्री थपिएसँग कोशी मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ।
काठमाडौँ– कोशी प्रदेश सरकार विस्तार भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
शुक्रबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्री थपिएसँग कोशी मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ।
मुख्यमन्त्री कार्कीले स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की, सामाजिक विकासमन्त्रीमा पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा एकराज कार्की, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नारायणबहादुर मगर, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा लीलावल्लभ अधिकारीलाई नियुक्त गरेका छन्। सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको राज्यमन्त्री र वन्दना झाँगर पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन्।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख खापुङले र राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गराए।
त्यस्तै, मुख्यमन्त्री कार्कीले यसअघि बिनाविभागीय मन्त्री रहेका रामबहादुर मगरलाई आर्थिक मामिला तथा योजनामन्त्री र गणेशप्रसाद उप्रेतीलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा कार्यविभाजन गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
