पाँच हजार १०० मिटर उचाइमा रहेको चीनको सिमानामा शुक्रबार दिउँसो दुई एक्स्काभेटर र एक जना ट्याक्टर चालक पुगेका हुन्। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिपताला भन्ज्याङको दूरी ८५ किमी छ।
ताप्लेजुङ– छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलो पटक नेपालतर्फका गाडी पुगेका छन्।
पाँच हजार १०० मिटर उचाइमा रहेको चीनको सिमानामा शुक्रबार दिउँसो दुई एक्स्काभेटर र एक जना ट्याक्टर चालक पुगेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए। ४४ करोडमा सडक निर्माणको जिम्मा पाएको एसबीए एलाइट कम्पनीले २०७४ फागुनदेखि सडक निर्माणको काम थालेको थियो।
सडक निर्माणसँगै ओलाङचुङगोलावासी तथा उत्तरी क्षेत्रका बासिन्दाको वर्षौदेखिको सडकको सपना पूरा भएको वडाध्यक्ष शेर्पाले बताए। तमोर नदीको उद्गमस्थलसमेत रहेको टिपतालादेखि विराटनगरस्थित रानी भन्सार करिब २९२ किमीको दूरीमा जोडिने उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाका प्रमुख सुदर्शन कार्कीले बताए। यो सडक तमोरको किनारै किनार पाँचथरको माझीटार, धनकुटाको मूलघाट, भेडेटार हुँदै विराटनगरको रानी भन्सारस्थित भारतसँगको सिमानामा जोडिन्छ। त्यसैले, यो सडक उत्तरतर्फको सबैभन्दा छोटो दूरीको सडक भएको सडक कार्यालयको दाबी छ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिपताला भन्ज्याङको दूरी ८५ किमी छ। आयोजनाका म्यानेजर राजीव लामिछानेका अनुसार अहिले निर्माण भएको सडकमा ट्र्याक्टर सदरमुकाम फुङलिङबाट सिमानासम्म नै पुग्छ। अन्य सवारी भने लेलेप र ओलाङचुङगोला जोड्ने सुकेपानीको तमोर नदीमा तार्न नसकिने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
