कोदो, कागुनो चिनो, जै, गहुँलगायत खेती गर्दा खानसमेत नपुग्ने भएपछि मुगुका स्थानीय स्याउ, ओखर जस्ता फलफूल खेतीमा लागेका छन्।
मुगु– मुगुमा व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका किसानले बिरुवा बेचेर १७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्। मुगुका विभिन्न बस्ती सडक सञ्जालमा जोडिएपछि बिरुवा बाहिरी जिल्लामा बिक्री हुन थालेको हो ।
छायाँनाथ रारा नगरपालिकामा रहेका १४ वडाका किसान, मुगुम कार्मारोङ गाउँपालिकाको ३, ४, ६, ९ वडाको किसान एवं खत्याड गाउँपालिका २ देखि ७ नम्बर वडाका किसानले सुपरजोनमा रहेको ५०५ हेक्टरमा उत्पादित स्याउका बिरुवा बिक्री गरेका हुन्।
सुपरजोन क्षेत्रमा सञ्चालित २० वटा नर्सरीबाट उत्पादित २२ हजार ५००, जिल्ला कृषि विकास कार्यालय मुगुबाट ७ हजार ५०० र अन्य संघ संस्थाबाट ५ हजार ५०० गरी कूल ३५ हजार ५०० स्याउका बिरुवा बिक्री गरिएको थियो। प्रति स्याउको बिरुवा ५० रुपैयाँका दरले किसानले बिक्री गरेका हुन्।
स्याउको बिरुवा बेचेर १७ लाख ७५ हजार र दाने ओखरका ८०० बिरुवा प्रतिगोटा ५५० रुपैयाँका दरले बेचेर ४ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको सिमी र स्याउ जोन परियोजनाका प्रमुख तेजविक्रम मल्लले जानकारी दिए।
कोदो, कागुनो चिनो, जै, गहुँलगायत खेती गर्दा उत्पादन भएको अन्नले खानसमेत नपुग्ने भएपछि मुगुका स्थानीय स्याउ, ओखर जस्ता फलफूल खेतीमा लागेका छन्। छायाँनाथ रारा नगरपालिका–५ मा ‘रितेश एन्ड दिपेश फलफुल र्नसरी’ सञ्चालन गरी विगत पाँच वर्षबाट स्याउको बिरुवा उत्पादन गर्दै आएका शक्क बुढा भन्छन्, “यो वर्ष मात्रै स्याउको बिरुवा बिक्री गरेर सात लाख बढी आम्दानी भयो। यसैबाट घरखर्च चलाउन सहज भएको छ।”
पहिले जिल्ला बाहिरबाट बिरुवा ल्याएर स्याउ खेती गर्ने कृषक अहिले भने बिरुवा उत्पादनमा आत्मनिर्भर भएसँगै बिक्री गर्ने अवस्थामा पुगेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
