यही व्यवसायबाट मगरले वार्षिक १३ लाखको कारोबार गर्दै आएका छन्। यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत भने त्यति धेरै हुँदैन।
घोराही– दाङका पल्टुराम मगर १२ वर्षदेखि मूर्तिकला व्यवसायमा छन्। आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा उहाँ खुशी छन्।
४४ वर्षीय मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ। वित्तीय संस्थाबाट तीन लाख कर्जा लिएर शुरू गरेको सिर्जनशील मूर्ति उद्योगले अहिले मगर परिवारलाई आत्मनिर्भर बनाएको छ। उनले जीवन चित्रकला र मूर्तिकलामै समर्पित गर्न तथा यसैलाई जीविकोपार्जनको माध्यम बनाउन चाहेको बताए।
“जिल्लामा संग्रहालय र उद्यान बन्ने क्रम बढेको छ। ठूला होटल र पार्टी प्यालेसले पनि विशेष कलाको खोजी गर्न थालेका छन्,” उनले भने, “आकर्षक भौतिक पूर्वाधार बढ्दै जाँदा कलाको बजार पनि फराकिलो हुँदै गएको छ। माग अनुसारको मूर्ति बनाउने गरेको छु।”
यही व्यवसायबाट मगरले वार्षिक १३ लाखको कारोबार गर्दै आएका छन्। यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै हुँदैन। मगरले विभिन्न खालका मूर्ति निर्माणका लागि कच्चा पदार्थ बुटवलबाट ल्याउने गरेका छन्। पछिल्लो समय यसको माग बढ्दै जाँदा व्यवसाय राम्रो हुँदै गएको अनुभव उनले सुनाए। यहाँ उत्पादित मूर्ति दाङसहित रोल्पा, सल्यान, प्युठान, रुकुमलगायत जिल्लामा बिक्री गर्न लैजाने गरिएको छ। न्यूनतम तीन हजारदेखि अधिकतम तीन लाखसम्ममा मूर्ति तयार हुन्छन्।
मूर्तिकला व्यवसायमा महिलाको सहभागिता कमै देखिन्छ। तर पल्टुरामकी श्रीमती जानकी पनि मूर्तिकला व्यवसायमै व्यस्त छिन्। छोराछोरी पनि यही पेसामा लागेका छन्। बुवाआमाको सिको गरिरहेका छन्। आफ्नो रुचि र स्वअध्ययनले छोराछोरी पनि मूर्तिकलामा लागेपछि मगर दम्पती खुशी छन्।
जानकीको दैनिकी सालिक तथा देवीदेवता र जनावरका आकर्षक मूर्ति तयार गर्नमा बित्छन्। उनको परिवारलाई नै मूर्ति बनाउन भ्याइनभ्याइ छ। पहिले पशुपालन गर्ने जानकी श्रीमान्को मूर्तिकलाको सीप देखेर आफूले पनि सिकेको जानकीले बताइन्। सुदृढ र व्यावसायिक मूर्तिकार बन्न छोरी कृतिले यही सम्बन्धी उच्च शिक्षा हासिल गरिरहेकी छन्।
कक्षा ९ मा अध्ययनरत छोरा प्रवीण पनि फुर्सदमा घरमै बुबाआमाको सिको गरिरहेका छन्। उनी चित्रकला र मूर्तिकला दुवै मन पराउँछन्। “यसरी आफ्नो पेसा पुस्ता हस्तान्तरण गर्दै जाने हो भने परम्परागत पेसाको संरक्षणसँगै आर्थिक रूपमा सबल बन्न सकिने रहेछ,” आमा जानकीले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
