शुक्रबार राति भएको आक्रमणमा तीन स्पेनी पर्यटक र एक अफगान नागरिकको हत्या भएको जनाइएको छ।
अफगानिस्तानको बामियान प्रान्तमा गोली हानेर तीन स्पेनी पर्यटकसहित चार जनाको हत्या गरिएको छ।
शुक्रबार राति भएको आक्रमणमा तीन विदेशी र एक अफगान नागरिकको हत्या भएको आन्तरिक मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतिन कानीले बताए।
‘‘गोलाबारीमा चार विदेशी र तीन अफगानी घाइते भएका छन्,” उनले भने, “चार संदिग्धलाई पक्राउ गरिएको छ।” उनले विदेशी नागरिकको राष्ट्रियता भने खुलाएनन्।
उता, स्पेनको विदेश मन्त्रालयले भने एक विज्ञप्तिमा उक्त हमलामा तीन जना स्पेनी नागरिक मारिएको र कम्तीमा एक जना घाइते भएको बताएको छ।
प्रमुख पर्यटकीय क्षेत्र बामियान प्रान्तमा भएको घटनामा चार संदिग्धलाई घटनास्थलबाटै पक्राउ गरिएको र अनुसन्धान जारी रहेको अब्दुल मतिन कानीले जानकारी दिए। आक्रमणको कसैले जिम्मेवारी लिएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
