धनुषा–४ बाट एमालेका रघुवीर महासेठ विजयी

कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई हराउदै धनुषा क्षेत्र नम्बर ४ बाट एमालेका रघुवीर महासेठ विजयी भएका छन्।

काठमाडौँ– धनुषा क्षेत्र नम्बर ४ मा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।

उनले कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पराजित गरे। मंगलबार बिहान सकिएको मतगणनामा १२४ मतान्तरले महासेठ विजयी भएका हुन्।

महासेठले ३२ हजार २३६ र यादवले ३२ हजार ११२ मत प्रााप्त गरे। २०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए।