बागमती प्रदेशसभाको शनिबारको बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ।
मकवानपुर– बागमती प्रदेशसभाको शनिबार अपराह्नको बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ। बैठकमा सभामुख भुवनकुमार पाठकले नेपालको संविधानको धारा, १९३ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १६७ बमोजिम समिति गठनको घोषणा गरेका हुन्।
सभामुखले समितिमा कृष्णप्रसाद शर्मा खनाल, कृष्णप्रसाद सिलवाल, गिरबहादुर तामाङ, गोविन्दप्रसाद लम्साल, जयराम थापा, देवेन्द्र श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रभात तामाङ, विन्दु श्रेष्ठ, मायादेवी शर्मा, रत्नप्रसाद ढकाल, राजु विष्ट, रामकृष्ण चित्राकार, सुस्मा भुजेल न्यौपाने, सरिता खड्गी, सुना परियार र सुरेन्द्रराज गोरसाईं छन्। सभामुखद्वारा प्रस्तुत यी नामप्रति बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ।
त्यसअघि बैठकमा प्रदेशसभाका सदस्य रत्नप्रसाद ढकालले नेपालको संविधानको धारा, १९३ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १६७ को उपनियम १ बमोजिम विशेषाधिकार समिति गठन गर्न प्रस्ताव पेस गरेका थिए।
बैठकमा सभामुख पाठकले विषयगत समितिका सदस्यहरूको हेरफेरको नाम प्रस्ताव गरेका थिए। सभामुखले प्रदेशसभा नियमावली २०७४ को नियम १५० बमोजिम प्रदेश मामिला समितिमा रहेका आनन्दकुमार श्रेष्ठलाई उद्योग, पर्यटन तथा वातारवण समितिमा र उद्योग, पर्यटन तथा वातावरणमा रहेका प्रेमभक्त महर्जनलाई प्रदेश मामिला समितिमा हेरफेर गरेको घोषणा गरे। प्रदेशसभाको अर्को बैठक आइतबार बिहान ११ बस्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
