ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उद्योगी विष्णु चौधरीको भनाइ छ।
तनहुँ– आँबुखैरेनी गाउँपालिका–३ की रितु थापा मगर घरधन्दा सकेर ढाका बुन्छिन्। चार वर्षअगाडि ढाका बुनाइसम्बन्धी तीनमहिने तालिम लिएर उनी व्यवसायमा लागेकी हुन्।
“तालिम लिएपछि घरमै पाँच महिना कपडा बुनेँ। फेरि दुई महिना दमौली आएर थप तालिम लिएँ,” उनले भनिन्, “त्यसपछि निरन्तर यही पेसामा छु।” फुर्सदको समय सदुपयोग गर्दा कामसँगै दाम कमाउन सकिने उनको भनाइ छ।
व्यवसाय थालेपछि अरूसँग पैसा माग्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ। “पैसा चाहिँदा अरूसँग माग्नुभन्दा आफैले कमाउन थालेपछि धेरै सहज भयो। घरायसी कामसँगै ढाका बुन्न सकिने भएकाले अरूलाई पनि उद्यम गर्न आग्रह गर्छु,” उनले भनिन्।
ढाका उत्पादनका लागि आवश्यक कच्चापदार्थ काठमाडौँबाट ल्याउने गरेको उनले बताइन्। धागो ल्याएर मागअनुसार ढाका बुन्ने गरेकी उनले अहिले सारीको माग धेरै भएको जानकारी दिइन्। उनका अनुसार ढाकाबाट पछ्यौरा, चोली, कोट, मफलर र कुर्ता सुरुवाल बनाउन सकिन्छ।
थापाका अनुसार एउटा सारीका लागि ढाका तयार गर्न तान, धागोलगायत सबै गरी तीन हजार रुपैयाँसम्म खर्च हुने गरेको छ। आठ हजारदेखि १२ हजार रुपैयाँसम्ममा सारी बिक्री हुन्छ। एउटा सारी बनाउन कम्तीमा १२ दिन लाग्ने गर्छ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले व्यवसायी बन्न चाहनेलाई गाउँपालिकाले सहयोग गर्ने बताए। हरेक व्यक्ति उद्यमी बन्न सके मात्रै समृद्धि हासिल हुने भएकाले त्यस्ता व्यक्तिले उद्यम गर्न चाहे गाउँपालिकाको सहयोग गर्ने उनको भनाइ छ।
यता, दमौलीमा ढाका उद्योग सञ्चालन गर्दै आएका विष्णु चौधरीले बाबुबाजेको पेसा अपनाएर उद्यमी बनेका छन्। व्यास नगरपालिका–२ मा विसं २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उनी सफल उद्यमी बनेका हुन्।
ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उनको भनाइ छ। ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरा सुरुवाल, पाल्पाली ढाका टोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको चौधरीले बताए।
उनको उद्योगबाट उत्पादित ढाकाका सामग्री यहाँ मात्र सीमित छैनन्। जिल्लाकै ग्रामीण भेग, लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौँलगायतका ठाउँबाट माग हुने गरेको छ।
यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले पनि ढाकाको कपडा किन्ने गरेका छन्। ढाका कोसेली लैजाने संस्कारको विकास गराउन सके व्यापार अझै बढ्ने उनले बताए।
जिल्लामा ढाका बुनाइतर्फ आकर्षण बढेसँगै पर्यटन तथा उद्योग कार्यालय तनहुँले दुईमहिने निःशुल्क ‘एडभान्स’ ढाका बुनाइ तथा डिजाइन तालिम शुरू गरेको छ। युवायुवतीलाई उद्यमसँग जोड्ने उद्देश्यले वार्षिक कार्यक्रमबमोजिम तालिम सञ्चालन गरिएको निमित्त प्रमुख सुवास पौडेलले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
