नाटकमा सुन्नीमा र पारुहाङ नामक दुई पात्रको प्रेमकथा छ। सुन्नीमा र पारुहाङको प्रेममार्फत मानव सृष्टिको आदिकालीन यात्राको वर्णन हुँदै गर्दा नाटकमा किराती समुदायको संस्कृति र परम्परा झल्किन्छ।
काठमाडौँ– थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘बाखाम्मा: मुन्दुममा मान्छे’ मञ्चन भइरहेको छ। नाटक किरात राई जातिको मुन्दुमी पात्र ‘बाखाम्मा’मा आधारित छ। किराती समुदायको सांस्कृतिक सौन्दर्य र मौलिकतालाई नाटकमा प्रस्तुत गरिको छ।

नाटकमा सुन्नीमा र पारुहाङ नामक दुई पात्रको प्रेमकथा छ, जसले किराती समुदायको सृष्टिकथालाई दर्साउँछ। सुन्नीमा र पारुहाङको प्रेममार्फत मानव सृष्टिको आदिकालीन यात्राको वर्णन हुँदै गर्दा नाटकमा किराती समुदायको संस्कृति र परम्परा झल्किन्छ। नाटकमा प्रस्तुत भावनात्मक आयामले दर्शकहरूलाई उनीहरूको संस्कृति र इतिहाससँग जोड्दै लैजान्छ।

राजन मुकारुङको लेखन तथा किरण चाम्लिङको निर्देशनमा नाटकको मञ्चन जेठ १३ सम्म नियमित मण्डला थिएटरमा हुने छ। नाटकमा एलिशा राई, अनिल सुब्बा, बेदना राई, विष्णु मोक्तान, प्रतिना राई, शायोक मुकारुङ, ज्वाला राई, रमिला मोक्तान, सचिन रत्न, प्रशंसा गुरुङ, रबिन ढोङ, रोसन लोहोरुङ राई, सबनम राई, सुजना राई, प्रशान्त वाइबा र मानबहादुर राईलगायत कलाकारले अभिनय गरेका छन्।

थप तस्वीरहरू
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
