सत्तारूढ दल र नेपाली कांग्रेसबीच सहकारीका बचतकर्ताको बचत रकम हिनामिना प्रकरणको छानबिन गर्नका लागि संसदीय समिति बनाउने सहमति भएको छ।
काठमाडौँ– सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहकारीका बचतकर्ताको बचत रकम हिनामिना प्रकरणको छानबिन गर्नका लागि संसदीय समिति बनाउने सहमति भएको छ।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरूबीचको छलफलले सहकारी ठगी प्रकरणको छानबिन गर्नका लागि संसदीय समिति बनाउने विषयमा समान धारणा बनाएको हो। बालुवाटारमा करिब दुई घण्टा लामो छलफलपछि सत्तारूढ दल र कांग्रेसका नेताबीच सहकारीमा रहेका विद्यमान समस्याबारे संसदीय छानबिन समिति बनाउने सहमति भएको हो।
बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्छ भन्नेमा नेताहरूबीच समान धारणा बनेको बताए। “समिति गठन गरेर जानुपर्छ भन्ने कुरामा सबै राजनीतिक दलहरूका बीचमा समान धारणा बनेको छ। आजका लागि यसलाई उपलब्धिमूलक र सकारात्मक नै मान्नुपर्छ।”
समितिको कार्यादेश के हुने भन्ने विषय टुँगो लागिनसेको उनले बताए। समितिको कार्यदेशबारे आइतबारबाट काम हुने उनको भनाइ छ। “समितिको कार्यादेश के कस्तो बनाउने भन्ने विषयमा काम गर्दै जाने कुरा भएको छ। यसबारेमा भोलि बिहान साथीहरू बसेर छलफल गर्नुहुन्छ,” उनले भने।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरूको सहभागिता थियो।
कांग्रेसको मागबमोजिम सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने केन्द्रित भई छानबिन समिति गठन हुने/नहुनेबारे प्रष्ट भइसकेको छैन। कांग्रेसले सहकारीका बचतकर्ताको रकम अपचलनमा गृहमन्त्री लामिछाने पनि संलग्न रहेको आरोप लगाउँदै उनीमाथि छानबिनका लागि संसदीय समितिको माग गर्दै आएको थियो। कांग्रेसले सो माग राखेर सदन अवरोध गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
