जनमत पार्टीले समानुपातिकतर्फ कटायो ३ लाख मत

सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ तीन लाख मत कटाएको छ।

काठमाडौँ– सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ तीन लाख मत कटाएको छ।

बिहान ९ः४५ सम्मको परिणाम अनुसार जनमत पार्टीले तीन लाख एक हजार ५४४ मत पाएको छ। हालसम्म ९५ लाख ७९ हजार मतगणना भएको छ।

सप्तरी–२ मा प्रत्यक्षतर्फ उक्त पार्टीका अध्यक्ष राउतले जित हात पारेका छन्। मधेसका अरू जिल्लामा पनि उसको बलियो मत देखिएको छ। अझै मतगणना जारी रहेकाले राउत नेतृत्वको पार्टीले थ्रेस होल्ड पार गर्न चाहिने मत ल्याउने सम्भावना देखिएको छ।

समातुपातिकतर्फ एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन्।