एलेक्सी नाभाल्नीका निकट सहयोगी लियोनिद भोल्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धको आफ्नो अभियानबाट ‘पछि नहट्ने’ बताएका छन्।
रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीका निकट सहयोगी लियोनिद भोल्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धको आफ्नो अभियानबाट ‘कहिल्यै पछि नहट्ने’ बताएका छन्।
नाभाल्नीको फेब्रुअरीमा आर्कटिक जेलमा मृत्यु भएको थियो। नाभाल्नीको मृत्युका लागि पुटिन जिम्मेवार रहेको वोल्कोभको आरोप छ।
लिथुआनियास्थित आफ्नो घरबाहिर मार्चमा भएको आक्रमणपछिको पहिलो टेलिभिजन अन्तर्वार्तामा भोल्कोभले अभियान सफल नहुँदासम्म जारी राख्ने बताए।
“पुटिनलाई परास्त गर्न र भविष्यमा सुन्दर रुस निर्माण गर्न नाभाल्नीले हामीलाई कहिल्यै हार नमान्न र आफ्नो काम जारी राख्न आग्रह गर्नुभएको थियो,” बीबीसीको ‘सन्डे विथ लौरा कुएन्सबर्ग’मा उनले भने, “हाम्रो अभियान सफल नहुँदासम्म आन्दोलन जारी रहने छ।”
भोल्कोभले शनिबार प्रसारित अन्तर्वार्तामा अगाडि भनेका छन्, “नाभाल्नी प्रेरणादायी व्यक्तित्व, सक्षम राजनीतिक नेता’ हुनुहुन्थ्यो। उहाँको मृत्युले ‘हाम्रो हृदयमा गहिरो चोट’ लागेको छ, यसलाई निको पार्न निकै कठिन हुनेछ।”
यद्यपि विपक्षी आन्दोलनको जिम्मेवारी नाभाल्नीकी पत्नी युलियाले सम्हाल्दै आएकी छन्।
भोल्कोभले सन् २०२३ सम्म दिवंगत विपक्षी नेता नाभाल्नीको पूर्वचिफ अफ स्टाफका रूपमा काम गरेका थिए। उनले नाभाल्नीद्वारा स्थापना गरिएको भ्रष्टाचारविरोधी संगठन (एन्टी करप्सन फाउन्डेसन)को अध्यक्षको रूपमा काम गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
