सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा १ हजार ६०० बढ्यो

शुक्रबार तोलामा एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार एक लाख ४० हजार ९०० निर्धारण गरिएको छ।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले पुनः उच्च मूल्यको रेकर्ड बनाएको छ। सुनको मूल्यले आइतबार १ हजार ६०० रुपैयाँ बढेर याँ रेकर्ड बनाएको हो। 

आइतबार सुन तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आइतबारका लागि भने एक लाख ४० हजार ९०० निर्धारण गरिएको छ।

यस्तै, शुक्रबार प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँ रहेको तेजाबी सुन एक लाख ४० हजार २०० पुगेको छ। 

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ। शुक्रबार प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदी १ हजार ९१० पुगेको छ। जुन हालसम्मकै बढी मूल्य हो।