चितवन राष्ट्रिय निकुञ्जले बजेट अभावका कारण ताल तलैयाको माटो, गेग्र्यानलगायत पानीका मुहानमा सरसफाइ र व्यवस्थापनको काम गर्न समस्या भएको जनाएको छ।
चितवन– खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुक्दै थालेपछि वन्यजन्तु समस्यामा परेका छन्।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना ठूला १३४ वटा ताल तलैयामा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई समस्या भएको बताए। उनले प्राकृतिक र निकुञ्जले बनाएका कृत्रिम तालसहित सिमसार क्षेत्र, नदी, खोलामा गत वर्षको तुलनामा पानीको सतह घटेको बताए।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले लामो समयसम्म पानी नपरेकाले पानीको सतह घटेको बताए। चर्को घामले वाष्पीकरण भएर जाने तर पानी नपर्ने हुँदा ताल तलैयाको पानीको सतह घटेको उनको भनाइ छ।
“विगतका वर्षमा भन्दा यस वर्ष पानीको सतह घटेको अनुमान गरिएको छ। यस वर्ष हिउँदमा कम पानी परेकाले यस्तो समस्या आएपछि यहाँका वन्यजन्तु प्रत्यक्ष प्रभावमा परेका छन्,” उनले भने।
दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा गर्मीयाममा ताल तलैयामा आहाल खेल्न रुचाउँछ। अन्य वन्यजन्तुलाई पानी अत्यावश्यक हुन्छ तर यहाँका पुराना ताल र सिमसार क्षेत्रमा सोहीअनुसार व्यवस्थापनका काम हुने गरेका छैनन्।
कार्यालयले भने बजेट अभावका कारण ताल तलैयाको माटो, गेग्र्यानलगायत पानीका मुहानमा सरसफाइ र व्यवस्थापनको काम गर्न समस्या भएको जनाएको छ। “पानीका स्रोत व्यवस्थापनका लागि आर्थिक वर्ष २०७५/७६ मा एक करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। त्यस वर्ष ६० वटा ताल व्यवस्थापनको काम गरेका थियौँ। चालु आर्थिक वर्षसम्म आइपुग्दा सो बजेट घटेर २५ लाख रुपैयाँ मात्र विनियोजन भएको छ, जसले गर्दा व्यवस्थापनका काममा कठिनाइ भएको हो,” संरक्षण अधिकृत पुनले भने।
सो रकमले सात वटा ताल तलैया मात्र व्यवस्थापन गरिएका छन्। पर्याप्त बजेट नहुँदा नयाँ पोखरी खन्ने र पुरानाको सरसफाइ र मर्मत गर्ने काम हुन नसक्दा वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी मानव—वन्यजन्तु द्वन्द्व बढ्ने जोखिम रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
