जंगलको जग्गा व्यक्तिका नाममा दर्ता, टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले जंगलको जग्गा व्यक्तिका नाममा पुर्याएको अभियोगमा टीकापुर मालपोत कार्यालयका तत्कालीन प्रमुख, जग्गाधनीसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ।
काठमाडौँ– जंगलको जग्गा व्यक्तिका नाममा पुर्याएको अभियोगमा टीकापुर मालपोत कार्यालयका तत्कालीन प्रमुख मोहन स्नेही रसाइलीसहित आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार रसाइलीसहित आठ जनाविरुद्ध विशेष अदालतमा राज्यलाई गैरकानूनी लाभ तथा हानि पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको हो। आयोगले उनीहरूमाथि जंगलको १५ बिगा जग्गा व्यक्तिविशेषका नाममा पुर्याएको र अभिलेख नष्ट गरेको अभियोग लगाएको छ।
नापी कार्यालयका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्द र सर्वेक्षक दशरथ मण्डल, मालपोतका तत्कालीन नायबसुब्बा अग्निबहादुर शाही, जग्गाधनी बिन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल र विमलबहादुर रावलविरुद्ध पनि मुद्दा दायर भएको हो।
२०२१ सालको फिल्डबुकमा जंगल रहेको कैलालीको साबिक नारायणपुर–८ मा रहेको २७ बिघा जंगलको जग्गाको कित्ताकाट गरी हक भोगको जग्गा भन्ने बनाइ व्यक्ति विशेषका नाममा स्रेस्ता कायम गरिएको आयोगको दाबी छ।
आयोगले अनुसन्धानका क्रममा व्यक्तिका नाममा स्रेस्ता पुर्जा कायम गरी हक हस्तान्तरण गरेको र पछि उक्त जग्गाको दर्ता स्रेस्तासम्बन्धी सम्पूर्ण कागजात कार्यालयको अभिलेखबाटै नष्ट गरेको पुष्टि भएको जनाएको छ।
आयोगका अनुसार नापी र मालपोतका कर्मचारीहरूले मिलेमतोमा जंगलको जग्गा बिन्द्रा, कमल, सुशील, विमलको संयुक्त नाममा स्रेस्ता पुर्जा कायम गरेका थिए।
सो कार्यबाट उनीहरूले आर्थिक वर्ष २०८०/२०८१ को मालपोत कार्यालय टीकापुरको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लिखित २४ करोड ६ लाख ६९ हजार मूल्य बराबरको सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्याएको आयोगको दाबी छ।
आयोगले उनीहरूविरुद्ध २४ करोड ६ लाख ६९ हजार रुपैयाँ बिगो कायम गरी कानून बमोजिमको कारबाही मागदाबी लिएर मुद्दा दायर गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
