हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिका आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा सयौँ घरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ।
गाईघाट– उदयपुरमा हावाहुरीसँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ। रौतामाई गाउँपालिका–७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियारको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए।
हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको छ। हावाहुरीका कारण विभिन्न स्थानमा सडक छेउमा रूख ढल्दा ६८ वटा विद्युत्का खम्बा भाँचिएका छन्। विद्युत्का खम्बा भाँचिएपछि बेलका नगरपालिका, कटारी नगरपालिकासहित त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ।
त्यसैगरी, त्रियुगा नगरपालिका-९ राजाबाससहित गैरुन क्षेत्रमा विद्युत्का खम्बा ढलेर विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण गाईघाटका प्रमुख विजयबाबु खत्रीले बताए। खम्बा भाँचिदा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको अनुमान विद्युत् प्राधिकरणको छ। विद्युत् सञ्चालन गर्न तीन दिन लाग्ने प्राधिकरणले जनाएको छ।
हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिका आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा सयौँ घरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ। क्षतिको तथ्यांक संकलन भइरहेको प्रहरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
