जसपा, नेपालबाट अलग्गिएर छुट्टै पार्टी गठन गरेका सात सांसदलाई प्रधानमन्त्रीको विश्वास मतदान प्रक्रियामा सहभागी नगराउन माग गर्दै उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।
काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट विभाजित भई गएका सांसदलाई प्रधानमन्त्रीले लिने विश्वासको मत प्रक्रियामा सहभागी नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। वारेसमार्फत दायरको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइका लागि सर्वोच्च प्रशासनले उक्त सोमबार पेसी तोकेको छ।
जसपा, नेपालबाट छुटिएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको थियो। निर्वाचन आयोगले जसपालाई वैशाख २४ गते दलको मान्यता दिने निर्णय गरेको थियो। त्यसपछि जसपा, नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। जसपा, नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सोमबार फेरि विश्वासको मत लिने तयारी गरेका हुन्। उनले यस सम्बन्धमा संघीय संसद् सचिवालयमा जानकारी गराएका छन्।
यसअघि जसपा, नेपाल अध्यक्ष यादवले जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट निवेदन दिएका थिए। उनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले राई नेतृत्वको जसपासँग सम्बन्धित कामकारबाहीलाई यथास्थितिमा राख्न विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो। फेरि उनले यसअघिको मुद्दाको टुंगो नलाग्दै आफू नेतृत्वको पार्टीबाट विभाजित भई जसपामा सामेल भएका सात जना सांसदलाई विपक्षी बनाई प्रधानमन्त्रीको विश्वासको मतदानमा सहभागी नगराउन माग गर्दै रिट निवेदन दिएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
