गृहमन्त्रीको सम्बोधनलगत्तै कांग्रेसका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेको सदनमा सम्बोधनलगत्तै कांग्रेसका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले आइतबारका लागि तय कार्यसूचीका कार्यक्रम हटाउँदै बैठक स्थगित भएको घोषणा गरेका हुन्।
कार्यसूचीमा जानका लागि लामो समय छलफल गर्ने परिस्थिति नरहेको उल्लेख गर्दै उनले भने, “आजको कार्यसूचीका सम्पूर्ण कार्यक्रमहरू सूचीबाट हटाएको ब्यहोरा म जानकारी गराउँछु। अब अर्को बैठक २०८१ साल जेठ ७ गते सोमबार बिहान ११ बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।”
कांग्रेसले सहकारी ठगीको आरोपमा गृहमन्त्री लामिछानेमाथि संसदीय समितिमार्फत छानबिनको माग गर्दै आएको छ। यही विषयलाई लिएर कांग्रेसले गृहमन्त्रीलाई सदनमा धारणा राख्न दिएको थियो। तर शनिबार कांग्रेस र सत्तारूढ दलका शीर्ष नेताबीच संसदीय समिति बन्ने सहमति भएपछि कांग्रेसले आइतबार गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिएको हो।
संसद्मा बोल्दै उनले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँकतै संलग्नता र कुनै पनि मुद्दामा प्रतिवादी नबनाइएको जिकिर गरे। प्रतिपक्षी लक्षित आक्रामक टिप्पणी गरेका उनले व्यक्ति केन्द्रित भएर संसदीय छानबिन समिति बनाउन नहुने, त्यसो गरे गलत नजिर बस्ने भनाइ राखे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
