इरानको सरकारी टिभीले एक अधिकारीलाई उद्धृत गर्दै कम्तिमा एक चालक दलका सदस्य उद्धारकर्ताहरूसँग सम्पर्कमा रहेको बताएको छ।
इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानस चढेको हेलिकप्टर दुर्घटना भएको १५ घण्टा बितिसक्दा पनि उद्धार टोली घटनास्थलमा पुग्न सकेको छैन। बाक्लो कुहिरोका कारण दुर्घटना भएको लामो समयसम्म पनि घटनास्थल यकिन गर्न सकिएको थिएन।
टर्कीले पठाएको ड्रोनले पूर्वी अजरबैजान प्रान्तको पहाडहरूमा उच्च तापक्रमको स्रोत पहिचान गरेसँगै दुर्घटनाग्रस्त हेलिकप्टर फेला परेको इरानी राज्य मिडियाले जनाएको छ। टर्की ड्रोनले पहिचान गरेको तापको स्रोत हेलिकप्टरको भग्नावशेषको हुन सक्ने बताइएको छ।
इरानको सरकारी टिभीले एक अधिकारीलाई उद्धृत गर्दै कम्तिमा एक यात्रु र एक चालक दलका सदस्य उद्धारकर्ताहरूसँग सम्पर्कमा रहेको बताएको छ। योसँगै दुर्घटनास्थल ठाउँ पत्ता लागेको छ र ताभिल भनेर चिनिने क्षेत्रमा उद्धारकर्मीहरू पठाइएको स्थानीय सञ्चार माध्ययमलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
“हामी अझै आशावादी छौँ तर दुर्घटनास्थलबाट आएको जानकारी धेरै चिन्ताजनक छ,” अधिकारीले नाम न छाप्ने सर्तमा रोयटर्सलाई भने।
इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनापछि इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीले आफ्नो पहिलो वक्तव्यमा यस दुर्घटनाबाट इरानको प्रशासनलाई कुनै असर नपर्ने बताएका छन्।
देशलाई सम्बोधन गरेको सन्देशमा खामेनीले इरानका जनतालाई चिन्ता नगर्न, सरकारको काममा असर नपर्ने बताएका छन्।
हेलिकप्टर दुर्घटनापछि खामेनीले राष्ट्रपति राइसीको स्वास्थ्य लाभको कामना समेत गरेका छन्। दुर्घटनापछि खामेनीले राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठक पनि गरेका थिए।
रुसले पनि ५० जनाको उद्धार टोली पठाएको छ। अमेरिका, भारत, चीन लगायत देशका प्रमुखले चिन्ता व्यक्त गरेका छन्।
आइतवार उत्तरपश्चिम इरानमा दुर्घटनाग्रस्त भएको हेलिकप्टरमा नौ जना सवार थिए। इरानी राष्ट्रपति रायसी विदेशमन्त्री अब्दुल्लाहियानससहित पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीका साथै पाइलट, कोपाइलट, चालक दल प्रमुख, सुरक्षा प्रमुख अंगरक्षक सवार थिए।
स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति रायसी अजरबैजानको क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गरेपछि ताब्रिज शहरतर्फ जाँदै थिए। राष्ट्रपतिको सवारीमा तीन हेलिकप्टर संलग्न थिए। यसमा दुई वटाले सुरक्षित अवतरण गरेको र एउटा दुर्घटनाग्रस्त भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
