सुनको मूल्य तोलामा ९०० ले वृद्धि

स्थानीय बजारमा सूनको मूल्य एक लाख ४१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ।

काठमाडौँ– स्थानीय बजारमा सूनको मूल्य आज तोलामा ९०० रुपैयाँले वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार एक लाख ४० हजार ९०० मा कारोबार भएकामा सोमबारका लागि एक लाख ४१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, तेजाबी सुन आइतबार एक लाख ४० हजार २०० मा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार १०० निर्धारण गरिएको महांघले जनाएको छ। 

चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले वृद्धि एक हजार ९४० निर्धारण भएको छ।