सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसको विरोधका बीच विश्वासको मतका लागि प्रधानमन्त्री दाहालले राखेको प्रस्ताव बहुमतले पारित भएको हो।
काठमाडाैँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत प्राप्त गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि प्रधानमन्त्री दाहालले राखेको प्रस्ताव बहुमतले पारित भएको हो।
मतपरिणामबारे बताउँदै सभामुख देवराज घिमिरेले प्रस्तावको पक्षमा १५७ मत परेको जानकारी गराए। विपक्षमा कुनै मत परेन। मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ। आजको मतदानमा १५८ जना सांसद सहभागी थिए।
कांग्रेसको विरोधकाबीच दाहालले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए। नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्। यससँगै उनले डेढ वर्षको अवधिमा चौथो पटक विश्वासको मत प्राप्त गरेका छन्।
संघीय संसद्को चौथो अर्थात् बर्खे अधिवेशन गत वैशाख २८ बाट शुरू भएको हो। संसद्को संयुक्त बैठकमा यही जेठ १ गते आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
