सोमबार एक करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ८५ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ।
काठमाडौँ– सातोको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा हरियाली देखिएको छ। सोमबार २७.५४ अंकले बढ्दै नेप्से परिसूचक २०९२.०० को विन्दुमा पुगेको हो।
नेप्सेका अनुसार एक करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ८५ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार पाँच अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
सोमबार १३ मध्ये आठ उपसमूहमा वृद्धि देखिएको छ भने पाँच उपसमूहको शेयर मूल्य घटेको छ। वाणिज्य बैंक उपसमूह सर्वाधिक ४.१८ प्रतिशतले बढेको छ। व्यापार २.२३, लगानी १.८४, जलविद्युत् १.३८, म्युचुअल फन्ड १.२४ प्रतिशतले बढेका छन्। फाइनान्स, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, र निर्जीवन बीमा उपसमूह घटेका छन्।
१३४ कम्पनीको शेयर मूल्य बढ्दा सामुदायिक लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, भगवती हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्तका लगानीकर्ता सर्वाधिक फाइदामा रहे। यी चार कम्पनीका शेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ।
बाराही हाइड्रोपावर, एनआईसी एशिया बैंक, माईखोला हाइड्रोपावरको शेयर मूल्य पनि बढेको छ।
१०७ कम्पनीको शेयरमूल्य घट्दा उपकार लघुवित्तका लगानीकर्ता सर्वाधिक ७.४० प्रतिशतले नोक्सानमा छन्। सिर्जनशील लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, युनिक नेपाल लघुवित्त, नारायणी विकास बैंक शेयर मूल्य घट्ने कम्पनीको सूचीमा छन्। पाँच कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
पोखरा फाइनान्सको सर्वाधिक १९ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै, सीईडीबी हाइड्रोपावरको १८ करोड ८९ लाख, शाइन रेसुंगा विकास बैंकको १३ करोड ४८ लाख र एनआईसी एशिया बैंकको ११ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
