दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई आगामी निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको छ।
दक्षिण अफ्रिकाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई आगामी निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको छ। निर्वाचन आयोगले जुमालाई उम्खोन्टो वेसिज्वे (एमके) पार्टीको मनोनीत उम्मेदवारको सूचीमा राख्न अनुमति दिने आदेश बदर गरिदिएको हो।
यसअघि अदालतले जुमालाई दोषी ठहर गरी जेल सजाय सुनाएको थियो। त्यसैका आधारमा जुमा राष्ट्रियसभाको सदस्य हुनका लागि चुनावमा भाग लिन अयोग्य भएको संवैधानिक अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ।
सन् २०२१ मा अदालतको अपमानको आरोपमा १५ महिनाको जेल सजाय सुनाइएका जुमालाई एमके पार्टीले चुनावका लागि उम्मेदवारको रूपमा मनोनीत गरेको थियो। दक्षिण अफ्रिकामा मे २९ मा राष्ट्रिय तथा स्थानीय निर्वाचन हुँदै छ।
जुमा सन् २००९ देखि २०१८ सम्म दक्षिण अफ्रिकाको राष्ट्रपति थिए। भ्रष्टाचारको आरोपपछि उनले पदबाट राजीनामा दिएका थिए। उनी गत वर्ष नयाँ राजनीतिक दलमार्फत पुनः राजनीतिमा फर्किएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
