हमासका नेता याहया सिनवार र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायतविरुद्ध युद्ध अपराधको अभियोगमा पक्राउ पुर्जी जारी गर्न माग गर्दै आईसीसीमा निवेदन परेको छ।
इजरायली प्रधानमन्त्री र हमासका शीर्ष नेताविरुद्ध युद्ध अपराधमा पक्राउ पुर्जी जारी गर्न माग गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)मा निवेदन परेको छ।
हमासका नेता याहया सिनवार र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु लगायतविरुद्ध युद्ध अपराधको अभियोगमा पक्राउ पुर्जी जारी गर्न माग गर्दै आईसीसीमा निवेदन परेको हो।
आईसीसीका प्रमुख अभियोजक करिम खानले अक्टोबर ७ मा इजरायलमा भएको आक्रमण र त्यसपछिको गाजा भएको प्रत्याक्रमणमा युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको अभियोगमा नेतन्याहु र सिनवारविरुद्ध पक्राउ पुर्जी खोजेका हुन्।
खानले दिएको निवेदनमा इजरायलका रक्षामन्त्री योभ ग्यालान्ट, हमासका अन्य दुई शीर्ष नेता मोहम्मद दिब इब्राहिम अल मसरी र अल कासिम ब्रिगेडविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ।
यसअघि युक्रेनमा मस्कोले गरेको आक्रमणलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। त्यस्तै, मानवताविरुद्धको अपराधको आरोपमा लिबियाका नेता मोअम्मर गद्दाफीले पनि आईसीसीको पक्राउ पुर्जीको सामना गरेका थिए। उनी सन् २०११ मा मारिएका थिए।
खानका अनुसार सिनवार, हनियाह र अल–मसरीविरुद्ध हत्या, बन्धक बनाएको, बलात्कार र बन्धकमाथि यौन दुर्व्यवहार गरेको आरोप छ। नेतन्याहु र गैलान्टविरुद्ध हत्या, युद्धमार्फत भोकमरी निम्त्याएको, मानवीय राहत आपूर्तिमा अवरोध सिर्जना र जानाजान आमनागरिक लक्षित आक्रमण गरेको आरोप छ। आईसीसीका न्यायाधीशहरूले खानले माग गरेको निवेदनमाथि सुनुवाइ गर्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
