कांग्रेस सांसदको नाराबाजीबीच सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिएका थिए।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ।
कांग्रेस सांसदले नाराबाजी गरे पनि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिएका थिए।
त्यसपछि अवरोधकैबीच प्रधानमन्त्री दाहाल मार्सल लगाएर रोष्ट्रम पुगेर सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गरिदिएकोमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव राखेका थिए।
लगत्तै सो प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुखले घोषणा गरेका थिए।
त्यसपछि सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गर्न गृहमन्त्री रवि लामिछानेलाई समय दिएका थिए। गृहमन्त्री लामिछानेले पनि मार्सल नै लगाएर राजनीतिक दलसम्बन्धी दोस्रो, संशोधन, २०८० फिर्ता लिने प्रस्ताव पेस गरे।
सभामुख घिमिरेले विरोधको सूचना प्राप्त नभएको भन्दै विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए।
कांग्रेस सांसदले नाराबाजी गर्न नछाडेपछि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक जेठ ११ गतेसम्मका निम्ति स्थगित गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
