बैतडीको पुर्चौडी नगरपालिका–४ भोडरका दाजु–बहिनीको भारतको कर्नाटकमा शंकास्पद मृत्यु भएको छ।
कञ्चनपुर– बैतडीको पुर्चौडी नगरपालिका–४ भोडरका दुई दाजु–बहिनीको भारतको कर्नाटकमा शंकास्पद मृत्यु भएको छ।
बुबा–आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजदुरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शंकास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिए।
“दुवै दाजु–बहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अफवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्,” धामीले भने, “दुवैको शरीर चोटपटक देखिन्छ।”
बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब ६ महिनाअघि मात्रै भारत गएका थिए। मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उनको भनाइ छ। घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता रहेको बताइएको छ।
“सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो,” धामीले भने, “तर अझै शव अस्पतालमै छ।” मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
