मलास सडक सञ्जालसँग नजोडिँदा महेन्द्रनगरसम्म पुग्न झन्डै ६ घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। यहाँका स्थानीय केरा, आँप, काफल, नासपातीलगायत स्थानीय उत्पादन बिक्रीका लागि महेन्द्रनगर आउने गर्छन्।
कञ्चनपुर– पिठ्यूँको ढोको घरायसी समानले भरिभराउ छ। बाल्टिन र पानी भरिएका केही बोतल त्यसमै छन्। अत्यधिक गर्मीले असिनपसिन। ४९ वर्षीया कृष्णा जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–८ स्थित रौटेलामा यस्तै अवस्थामा भेटिइन्।
उनी डडेलधुराको परशुराम नगरपालिका–७ मलासबाट कुलुम र अम्रिसोको झाडु बिक्रीका लागि उनी महेन्द्रनगर झरेकी हुन्। उक्त सामान बिक्री गरेर जम्मा भएको रकमले दैनिक उपभोग्य घरायसी समान किनेर घर फर्किने उनको योजना छ।
“कुलुम र झाडु बिक्री गरेर दुई हजार कमाइयो। त्यो पैसाले नुन, तेल, सोडा, साबुन किनेर घर फर्किँदै छु,” उनी भनिन्, “गाउँमा खानेपानीको सुविधा छैन। पानी ल्याउन एक घण्टा हिँड्नुपर्छ। त्यसैले यतैबाट पानी भरेर लैजाँदै छुँ।” उनले कुलुम प्रतिकिलोग्राम ८० देखि एक सयका दरले बिक्री हुने गरेको जानकारी दिए।
यस्तै, अम्रिसोबाट तयार गरिएको झाडु ६० रुपैयाँका दरले बिक्री हुने गरेको कृष्णाले बताए। मलास सडक सञ्जालसँग नजोडिँदा महेन्द्रनगरसम्म पुग्न झन्डै ६ घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। भौगोलिक रूपले विकट यहाँका स्थानीय केरा, आँप, काफल, नासपातीलगायत स्थानीय उत्पादन बिक्रीका लागि महेन्द्रनगर आउने गर्छन्।
खानेपानी, विद्युत्, यातायातको सुविधाबाट वञ्चित मलासबासीका लागि यहाँ कुनै ठूला पसल पनि छैनन्। त्यसैले स्थानीय उत्पादन बिक्री गरेर दैनिक उपभोग्य समानको जोहो गरेर लैजाने गरेको मलासकी चन्द्रा धामीले बताइन्।
“गाडी चल्ने बाटो छैन। चुरेको उकालो डाँडा छिचोलेर महेन्द्रनगर पुग्न घण्टौँ पैदल हिँड्नुपर्छ,” उनले भनिन्, “सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा ल्याइएको खानेपानी तीन वर्ष मात्रै चल्यो। अहिले बिग्रिएपछि एक घण्टा पैदल हिँडेर घट्टे खोलाको पानी पिउनुपर्ने बाध्यता छ।”
परशुराम नगरपालिकाको केन्द्र मानिएको जोगबुढा आउजाउ गर्न तीन दिन लाग्ने गरेको मलासकै ७५ वर्षीय रामबहादुर पुन मगर बताउँछन्। उनी जोगबुढा आउजाउ गर्न धेरै समय लाग्ने हुनाले महेन्द्रनगरको राष्ट्रिय वाणिज्य बैंकबाट वृद्धभत्ता बुझ्ने गर्छन्।
“गाउँनजिक बैंक छैन। जोगबुढा आउजाउ गर्न तीन दिन लाग्छ। त्यसैले पायक पर्ने महेन्द्रनगरबाट भत्ता बुझ्ने व्यवस्था मिलाइएको छ। बसोबास गरेदेखि अहिलेसम्म सडक, बिजुली देख्न पाएका छैनौँ। अभावै अभावमा जीवन गुजार्यौँ। अब हाम्रा सन्तानले पनि यस्तो अभाव झेल्नु नपरोस्,” उनले आग्रह गर्दै भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
