जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्तको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढ्दै २११५.९४ विन्दुमा उक्लिएको हो।
एक करोड ३२ लाख ४१ हजार २१७ कित्ता शेयर पाँच अर्ब २० करोड ६२ लाख रुपैयाँमा किनबेच भएको छ। कारोबार रकम भने साताको दोस्रो दिनका तुलनामा २३ करोड कम भएको हो।
सोमबार २७.५४ अंकले बढ्दै नेप्से परिसूचक २०९२.०० विन्दुमा पुग्दा एक करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर पाँच अर्ब ८५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको थियो।
यसअघि आइतबार पाँच अर्ब २५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको थियो। मंगलबार विकास बैंक र व्यापारबाहेक सबै उपसमूह बढेको छ। फाइनान्स उपसमूह सर्वाधिक ३.५५ प्रतिशतले बढेको छ। जलविद्युत् २.१६, वाणिज्य बैंक १.७७, लघुवित्त १.४७ प्रतिशतले बढेको छ।
१९४ कम्पनीको शेयर मूल्य बढ्दा जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर, मध्यभोटेकोशी जलविद्युत्, हिमालयन लघुवित्त, इस्टर्न हाइड्रोपावर, कुथेली बुखारी स्मल हाइड्रोपावर, महुली लघुवित्त पनि सर्किटस्तरमा बढेका छन्।
४३ कम्पनीको शेयर मूल्य घट्दा शाइन रेसुंगा विकास बैंक ४.२५ र भगवती हाइड्रोपावर ३.१९ प्रतिशतले घटेका छन्। नौ कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
पोखरा फाइनान्सको सर्वाधिक २४ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै, सीईडीबी हाइड्रोपावरको १२ करोड ९९ लाख, कालिका पावर कम्पनीको १२ करोड ३८ लाख, माउन्टेन इनर्जीको १० करोड ४१ लाख, सिंगटी हाइड्रको १० करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
