‘दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरेकोबारे अनुसन्धान कहिले हुने?’ सिरोहियाको प्रश्न छ।
काठमाडौँ– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सहकारी ठगीमा संलग्नहरूले त्यससम्बन्धी मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएका छन्। उनले त्यसका लागि सत्ता र शक्ति दुरुपयोग गरिएको टिप्पणीसमेत गरेका छन्।
मंगलबार दिउँसो जारी गरेको विज्ञप्तिमा सिरोहियाले नामै त उल्लेख गरेका छैनन्, तर यो सबै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट गराइएको स्पष्ट संकेत गरेका छन्।
सिरोहियाविरुद्ध मंगलबार नै धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। धनुषामा सिरोहियाविरुद्ध नागरिकतासम्बन्धी कसुरमा जाहेरी दर्ता भएपछि प्रहरीले अदालतसँग पक्राउ गर्ने अनुमति मागेको थियो।
सिरोहियाले भने पक्राउ पुर्जीको कारण नै अर्कै रहेको दाबी गरेका छन्।
“सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाई सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो,” विज्ञप्तिमा उल्लेख छ, “कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफै उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन।”
सिरोहियाले समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गरिएको समेत उल्लेख गरेका छन्। “दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो?,” सिरोहियाको प्रश्न छ।
कानूनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू तयार रहेको उल्लेख गर्दै उनले राज्यक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप भने किञ्चित पनि विचलित नहुने बताएका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
