प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
काठमाडौँ– प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री दाहालको सम्पत्ति चितवनको भरतपुर–१४ मा १४ कट्ठा र भरतपुर–१२ मा १ कट्ठा गरी १५ गट्ठा जग्गा रहेको छ। पैतृक र अंशबाट प्राप्त सो जग्गा दिवंगत पत्नी सीता दाहालको नाममा रहेको प्रधानमन्त्री दाहालको सम्पत्ति विवरणमा उल्लेख छ। विवरणमा पैतृक रूपमा प्राप्त पाँच तोला सुन र एभरेस्ट बैंक लिमिटेडको खातामा २५ लाख रुपैयाँ रहेको पनि उल्लेख छ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ सम्पत्ति विवरणमा धनुषा, ललितपुर, सिन्धुलीमा घर–जग्गा रहेको उल्लेख छ। विवरणमा उल्लेख भएअनुसार महासेठपत्नी जुलीकुमारी महतोको नाममा धनुषा र ललितपुरमा घर–घडेरी छ। धनुषाको जनकपुर उपमहानगर–९ का विभिन्न स्थानमा तीन कट्ठा र तीन कट्ठा ११ धुर, क्षिरेश्वरनाथ नगरपालिकामा सात बिघा तीन कट्ठा, ललितपुरमा दुई रोपनी १३ आना दुई पैसा एक दाम जग्गा रहेको छ।
त्यस्तै, सिन्धुलीको कमलामाई नगरपालिकामा चार कट्ठा, ललितपुर महानगरपालिकामा एक रोपनी ७ आना, धनुषाको जनकपुर उपमहानगर र क्षिरेश्वरनाथ नगरपालिकामा एक बिघा १५ धुर जग्गा रहेको छ। यी जग्गाहरू खरिद तथा पैतृक सम्पत्तिका रूपमा प्राप्त गरिएको विवरणमा उल्लेख छ।
महासेठका नाममा रहेको बैंक खातामा दुई करोड २५ लाख रुपैयाँ मौजाद रहेको र सो रकम काठमाडौँ र ललितपुरको जग्गा बेच्दा प्राप्त भएको जनाइएको छ। त्यस्तै, उनको सम्पत्ति विवरणमा ४३ तोला सुन, १.५० केजी चाँदी रहेको उल्लेख छ। गुडविल फाइनान्स, लक्ष्मी बैंकको पाँच लाख रुपैयाँ बराबरको शेयर, महिला लघुवित्तको एक करोड रुपैयाँ बराबरको शेयर, कर्पोरेट बैंकमा दुई करोड ५० लाख रहेको उल्लेख छ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नाममा रहेको जग्गा पार्टीलाई हस्तान्तरणको घोषणा गरेको सम्पत्ति विवरणमा उल्लेख छ। उनले सेवा सुविधाबापत प्राप्त एक लाख २२ हजार ९१८ रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा मौज्दात रहेको, आफूसँग भएको गाडी प्रधानमन्त्री दाहालले प्रयोगका लागि दिएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
त्यस्तै, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरणमा आफू र श्रीमतीका नाममा भक्तपुर, काठमाडौँका विभिन्न स्थानमा जग्गा जमिन रहेको उल्लेख गरेका छन्। उनको सम्पत्ति विवरणअनुसार काठमाडौँको बुढानीलकण्ठमा श्रीमती निकिताका नाममा पाँच आना जग्गा, रविका नाममा भक्तपुरमा एक रोपनी एक आना, निकिताका नाममा काठमाडौँ–७ मा १० रोपनी सगोलको जग्गा रहेको छ।
त्यस्तै, ८० तोला सुन, १५/२० केजी चाँदी, रविको नाममा रहेको ग्लोबल आईएमआईको बैंक खातामा पाँच हजार, नेपाल बैंकमा एक लाख पाँच हजार छ। त्यस्तै, श्रीमती निकिताको नाममा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको आठ करोड ७५ लाख रुपैयाँ बराबरको २५ प्रतिशत शेयर रहेको उल्लेख छ। त्यस्तै, घर किन्न एक करोड ५० लाख ऋण लिएको पनि विवरणमा जनाइएको छ। स्वास्थ्यमन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खानबाहेकका मन्त्रीहरूको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
